खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्दै रास्वपा सांसद

हिमाल प्रेस ३१ साउन २०८० ८:२२ | Wednesday, August 16, 2023
खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्दै रास्वपा सांसद रास्वपा सांसद गणेश पराजुली

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्ने भएका छन्। उनले
स्वकीय सचिवका लागि सूचना जारी गरेका छन्।

सूचनाअनुसार १ जना कानुन वा राजनीतिशास्त्रमा स्नातक गरेको व्यक्ति चाहिनेछ। समसामयिक विषयमा जानकार, कानुनी अध्ययन अनुसन्धानमा रुचि र अंग्रेजी र नेपाली बोल्न जान्ने भएको व्यक्तिले दरखास्त हाल्न पाउने छन्।

पराजुली काठमाडौँ ७ बाट निर्वाचित सांसद हुन्।

यसअघि रास्वपाकै निशा डाँगीले पनि खुला प्रतिस्पर्धा बाटै स्वकीय सचिव नियुक्त गरेकी थिइन्।

प्रकाशित: ३१ साउन २०८० ८:२२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast