राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

हिमाल प्रेस ४ भदौ २०८० १६:२६ | Monday, August 21, 2023
राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

इटहरी-  कोशी प्रदेशसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ। सोमबार जारी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठक राप्रपाले बहिष्कार गरेको हो। राप्रपाका प्रमुख सचेतक अम्बरबहादुर विष्टले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइएको बताए। उनले यसअघि नै आफूहरूको दल प्रदेशसभामा अनुपस्थित हुने जनाएका छन्।

६ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका कुनै पनि सांसद बैठकमा उपस्थित भएका छैनन्।

प्रकाशित: ४ भदौ २०८० १६:२६ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast