कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भयो : एमाले

हिमाल प्रेस ६ भदौ २०८० १६:३८ | Wednesday, August 23, 2023
कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भयो : एमाले तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– नेकपा एमालेले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको टिप्पणी गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा बौल्दै एमाले नेता योगेश भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने,  ‘सभामुखको आसनमा बसेको व्यक्तिलाई बराबर मत भयो भने निर्णायक मत दिने हो। आफैँ सभामुखको कुर्सीमा बसेर अन्तिम अवस्थामा मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो। त्यसकारण यसको नेकपा एमाले निन्दा गर्छ, भर्त्सना  गर्छ।’ यो संविधान हामी आफैँले बनाएकाले यसको रक्षा गर्ने, संवर्धन गर्ने र अगाडि बढाउने दायित्व पनि हाम्रै रहेको उनले बताए।

भट्टराईले भने, ‘म सम्पूर्ण नेताहरूलाई भन्न चाहन्छु, यो संविधान हामीले बनाएका हौँ। यसको रक्षा गर्ने, संवर्धन गर्ने र अगाडि बढाउने दायित्व पनि हाम्रै हो।’ उनले कोशी प्रदेशसभामा जे खालका गतिविधिहरू भए, त्यो नेपालको इतिहासमा असाध्यै निन्दनीय रहेको उनको भनाइ छ।

प्रकाशित: ६ भदौ २०८० १६:३८ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast