कैलालीमा हैजाका बिरामी फेला

हिमाल प्रेस १२ भदौ २०८० २१:४४ | Tuesday, August 29, 2023
कैलालीमा हैजाका बिरामी फेला

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–११, मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले जानकारी दिए।

बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए।

दूषित खानेपानी र खानाले हैजा फैलिने गर्छ। कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको संक्रमण गराउँछ।

हैजा भएमा तारन्तार वान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुन सक्छ। बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा सङ्क्रमण हुने जोखिम नरहेको बताइएको छ। रासस

प्रकाशित: १२ भदौ २०८० २१:४४ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast