कुन बैंकको ब्याजदर कति? हाम्रो पात्रोमा तुलना गर्न सकिने

हिमाल प्रेस २६ साउन २०८० १४:५७ | Friday, August 11, 2023
कुन बैंकको ब्याजदर कति? हाम्रो पात्रोमा तुलना गर्न सकिने

काठमाडौँ– हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने नयाँ फिचर ल्याएको छ। एपमा ‘बैंक रेट’ नामक नयाँ फिचर थपिएको छ। जसको सहयोगमा प्रयोगकर्ताले बैंकमा रहेका खाता, त्यसमा उपलब्ध निक्षेपको ब्याजदर, ऋणको ब्याजदरलगायत जानकारी फेला पार्नेछन्।

बैंकमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैंकको नाम र खाताको प्रकार छनोट गर्नुपर्ने हुन्छ। तर एक बैंकको ब्याजदरलाई अर्को बैंकको ब्याजदरसँग तुलना गर्नका लागि भने दायाँ कुनामा रहेको आइकनमा क्लिक गरी ‘कम्पेर विथ’ रोज्नुपर्छ।

‘सबडोमेन’को रूपमा राखिएको बैंक रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैंकहरूले दिने ऋणको ब्याजदरसमेत थाहा पाउन र तुलना गर्न सकिन्छ।

यसका लागि बीच भागमा रहेको ‘लोन’मा क्लिक गर्नुपर्ने हाम्रो पात्रोले जानकारी दिएको छ। त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरासमेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि दिइएको छ।

प्रकाशित: २६ साउन २०८० १४:५७ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast