काठमाडौँ- दोलाखाको भीमेश्वर नगरपालिका-३ मा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीले निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले संस्थापकका लागि ९ लाख ७४ हजार ९४० कित्ता र सर्वसाधारणका लागि २ लाख ४३ हजार ७३५ कित्ता सेयर निष्कासन गरेको थियो।
कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले २०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो। यसले ९९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ।
प्रकाशित: ४ भदौ २०८० १३:५२ | Monday, August 21, 2023
प्रतिक्रिया





