कांग्रेस सांसद सुनिल शर्मा पक्राउबारे प्रहरीले पठायो सभामुखलाई पत्र

हिमाल प्रेस २५ साउन २०८० १८:२९ | Thursday, August 10, 2023
कांग्रेस सांसद सुनिल शर्मा पक्राउबारे प्रहरीले पठायो सभामुखलाई पत्र

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेको बारे‍ जानकारी दिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ। शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मालाई प्रहरीले आज बिहीबार उनकै निवासबाट पक्राउ गरेको हो।

प्रतिनिधिसभाको अधिवेशन चालु भएको अवस्थामा प्रतिनिधिसभा सदस्य पक्राउ गरेपछि सभामुखलाई जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

संसद्‌को अधिवेशन अन्त्य नभएको समयमा सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। तर फौजदारी अभियोगमा कुनै सांसदलाई पक्राउ गर्नुपर्ने अवस्था आए पक्राउ गरेपछि जानकारी गराए हुने उल्लेख छ।

विशेष अधिकारसहित संविधानको धारा १०३ को उपधारा ६ मा भनिएको छ, ‘संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।’

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

सात वर्षअघि नै फरार सूचीमा थिए कांग्रेस सांसद शर्मा

 

प्रकाशित: २५ साउन २०८० १८:२९ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast