‘विभिन्‍न प्रकरणको छानबिन गर्न समिति नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ’

हिमाल प्रेस २८ साउन २०८० १८:२३ | Sunday, August 13, 2023
‘विभिन्‍न प्रकरणको छानबिन गर्न समिति नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ’ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन प्रकरणसहितका अन्य सबै प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन्। आइतबार पार्टीको संसदीय दलको बैठकमा पौडेलले नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्ने बताएका हुन्।

उनले भने, ‘यो सुन प्रकरण मात्र होइन अन्य सबै प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने निर्णय संसदीय दलले गर्नुपर्छ, यदि प्रचण्ड सरकारले समिति बनाएन भने समर्थन फिर्ता लिनुपर्छ।’

उनले सुन प्रकरणमा भन्सारमा मिलेमतो भएको आरोप लगाए। राजनीतिक नेतृत्वको संलग्नता छ/छैन भन्न नसकिने तर भन्सारको मिलेमतोबिना सुन पास हुन नसक्ने उनको भनाइ थियो।

पौडेलले हङकङबाट नेपाल भित्रिएको करिब सय किलो सुन प्रकरणमा अहिलेसम्म भरिया मात्रै पक्राउ परेको र अन्य व्यक्तिसमक्ष पुग्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। ‘यत्रो दिनसम्म सुन प्रकरणमा भरियाबाहेक कोही पक्राउ परेको छैन। भरिया बनाउनेलाई पक्राउ गरिएको छैन’ उनले भने।

प्रकाशित: २८ साउन २०८० १८:२३ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast