कलाको सही मूल्यांकनका लागि हिमालय आर्ट फेस्टिभल [तस्बिरहरू]

दिपेश श्रेष्ठ १० भदौ २०८० १९:०६ | Sunday, August 27, 2023
कलाको सही मूल्यांकनका लागि हिमालय आर्ट फेस्टिभल [तस्बिरहरू]

काठमाडौँ– अग्रज नेपाली कलाकारहरू सम्मिलित संस्थाको सहयोगमा ई-आर्ट्स नेपालको आयोजनामा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा छैटौँ हिमालय आर्ट फेस्टिभल नामक कला प्रदर्शनी भइरहेको छ।

बिहीबार सुरु भएको प्रदर्शनी १३ गतेसम्म चल्नेछ। प्रदर्शनीमा १०० जना नेपाली कलाकारका चित्रकला, पौभा, मूर्तिकला, इन्स्टलेसन आर्ट, प्रिन्ट मेकिङ, सेरामिक जस्ता कला प्रदर्शनीमा राखिएको छ।

आर्ट फेस्टिभलमा नेपाली कलाको परिदृश्यलाई समृद्ध बनाउन दृढ संकल्प, समर्पण र बहुमूल्य योगदान गरेका वरिष्ठ कलाकार गोविन्दनारायण ज्यापूलाइ सम्मान गरिनेछ। त्यस्तै प्रदर्शनीका क्रममा कलासम्बन्धी कुराकानी, गाइडेड टुरको आयोजनाको साथै प्रशान्त स्कलरसिप अवार्ड पनि प्रदान गरिनेछ। ई-आर्ट्स नेपालका अनुसार नेपाली कलाकारको योगदानको मूल्यांकनका लागि महोत्सवको रूप दिएर कला प्रदर्शनी गरिएको हो।

प्रकाशित: १० भदौ २०८० १९:०६ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast