 
                             
                                            काठमाडौँ- सामसङ कम्पनीले काठमाडौँको कमलादीमा ‘प्रिमियम सामसङ एक्सपेरियन्स स्टोर’ सञ्चालनमा ल्याएको छ। स्टोरको उद्घाटन सामसङका दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सीईओ जोङ बुमपार्कले गरे।
नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रूपद्वारा कमलादीमा नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो। उक्त स्टोरबाट सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ। यसले उपभोक्ताले आफूले खरीद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधापाउने कम्पनीको भनाइ छ।
                            प्रकाशित: १७ साउन  २०८० १५:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 