ओली अनुपस्थित रहेर स्थगित सर्वदलीय बैठक आज बस्दै

हिमाल प्रेस ६ भदौ २०८० ८:४३ | Wednesday, August 23, 2023
ओली अनुपस्थित रहेर स्थगित सर्वदलीय बैठक आज बस्दै प्रधानमन्त्रीले आह्वान गरेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक। फाइल तस्बिर

काठमाडौँ- संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आज बस्दैछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन अवरुद्ध गर्दै आइरहेको छ। सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो।

मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो। तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन।

प्रकाशित: ६ भदौ २०८० ८:४३ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast