ओली अनुपस्थित भएर स्थगित सर्वदलीय बैठक आज बस्दै

हिमाल प्रेस ४ भदौ २०८० ७:१७ | Monday, August 21, 2023
ओली अनुपस्थित भएर स्थगित सर्वदलीय बैठक आज बस्दै प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित विभिन्न दलका नेताहरू। फाइल तस्बिर

काठमाडौँ- संसद्को अवरोध खुलाउने प्रयासस्वरूप राष्ट्रिय मान्यता प्राप्त दलको बैठक सोमबार बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल गरेर सोमबारका लागि बैठक पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँगपनि छलफल गरेर निचोडमा पुग्न सोमबारका लागि बैठक बोलाइएको उनले बताए।

ओलीले नै मागेको समयमा बैठक राखिएपनि अस्वस्थ भएको भन्दै बैठकमा सहभागी नभएको उनले बताए। एमालेको तर्फबाट बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका थिए।

प्रकाशित: ४ भदौ २०८० ७:१७ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast