एसिया कप : पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

हिमाल प्रेस १३ भदौ २०८० २१:४५ | Wednesday, August 30, 2023
एसिया कप : पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

काठमाडौँ- एसिया कपको उद्घाटन खेलमा नेपाल २३८ रनले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको विशाल लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपाल २३.४ ओभरमा १०४ रन मात्र बनाउन सक्यो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ तथा आरिफ शेखले २६ रनको योगदान दिए।

त्यस्तै गुल्शन झाले १३ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले समूह चरणकाे अर्काे खेल साेमबार भारतसँग खेल्नेछ।

एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

प्रकाशित: १३ भदौ २०८० २१:४५ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast