एमालेले औपचारिक कार्यक्रममा अब खादा र माला नलाउने

हिमाल प्रेस ३२ साउन २०८० ६:२५ | Thursday, August 17, 2023
एमालेले औपचारिक कार्यक्रममा अब खादा र माला नलाउने

काठमाडौँ- नेकपा एमालेले औपचारिक कार्यक्रममा धेरैलाई आसनग्रहण नगराउने निर्णय गरेको छ ।

सोमबार बसेको सचिवालय बैठकले धेरैलाई आसनग्रहण नगराउने सम्बन्धमा निर्णय गरेको अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘फेसबूक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरैजना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नुभएको थियो। हो पनि।’
ओलीले अब माला र खादाको हैरान नगर्ने र व्याज पनि नलाउने बताएका छन्।

प्रकाशित: ३२ साउन २०८० ६:२५ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast