एमालेको प्रश्न : कांग्रेस सांसद शर्मालाई पुर्जीबिनै किन पक्राउ गरियो?

हिमाल प्रेस १२ भदौ २०८० १३:०३ | Tuesday, August 29, 2023
एमालेको प्रश्न : कांग्रेस सांसद शर्मालाई पुर्जीबिनै किन पक्राउ गरियो? फाइल तस्बिर

काठमाडौँ-  प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र समातेको भन्दै आपत्ति जनाएको छ।

मंगलबार बसेको प्रतिनिध सभा बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकोमा आपत्ति व्यक्त गरे।

उनले सरकारले एकातिर सुशासन कायम गर्छौ, भ्रष्टाचारका फाइल खोलेका छौँ भनेर जनतालाई भन्ने र अर्कोतिर व्यवहारमा सत्तापक्षका भ्रष्टाचार नाइकेहरु, नेताहरूलाई जतिसुकै ठुलो अपराध गरे पनि अनुसन्धानको दायरामा नल्याएकोमा आपत्ति जनाए।

उनले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाए ।

पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको सांसद गिरीले बताए ।

ललितानिवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकालाई ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा मुद्दा नचलाई सरकारी कागजात किर्तेको कसुरमा मात्र मुद्दा चलाएकामा पनि उनले आपत्ति जनाए । ‘के लेनदेन मिलेर हो? ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा नभएर किर्तेमा मुद्दा चलाइयो?’ उनले प्रश्न गरे ।

प्रकाशित: १२ भदौ २०८० १३:०३ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast