एमके ग्रुपले सार्वजनिक गर्‍यो नयाँ उत्पादन

हिमाल प्रेस १० भदौ २०८० १७:४९ | Sunday, August 27, 2023
एमके ग्रुपले सार्वजनिक गर्‍यो नयाँ उत्पादन

काठमाडौँ- एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलले नयाँ उत्पादन सार्वजनिक गरेको छ।

कम्पनीले पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर सार्वजनिक गरेको हो।

सो अवसरमा खुद्रा बिक्रेताहरूका लागि नयाँ योजनासमेत सार्वजनिक गरिएको थियो। यसअन्तर्गत एमकेका उत्पादन खरिद गर्ने बिक्रेताहरूले हाल पाइरहेको छुटभन्दा थप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ।

एमके ग्रुप अन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इन्डष्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन्। उत्तरी भारतका विभिन्न ६ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन्।

 

प्रकाशित: १० भदौ २०८० १७:४९ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast