उपेन्द्रको नाममा फेसबुक पेज खोलेर महिलाको अश्लील फोटो हालेको भन्दै साइबर ब्युरोमा उजुरी

हिमाल प्रेस १३ भदौ २०८० १६:३६ | Wednesday, August 30, 2023
उपेन्द्रको नाममा फेसबुक पेज खोलेर महिलाको अश्लील फोटो हालेको भन्दै साइबर ब्युरोमा उजुरी उपेन्द्र यादव।

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले आफ्नो नाममा फेसबुक पेज खोलेर दुरुपयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। यादवको नाम र फोटो प्रयोग गरी फेक फेसकुब खोलेर महिलाको अश्लिल तस्बिर राखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको यादवका निजी सचिव महेश चौरशियाले जानकारी दिए।

पूर्वउपप्रधानमन्त्री यादवको आधिकारिक रुपमा भेरिफाइड ब्लुटिक भएको फेसबुक पेज नियमित सञ्चालनमा रहेको उनको भनाइ छ। यादवको नाम, थर र तस्बिर प्रयोग गरी अज्ञात व्यक्ति/समूहले सामाजिक सञ्जाल फेसबुकमा फेक पेज बनाएर भाद्र १३ गते बिहान उक्त पेजको स्टोरीमा अपरिचित महिलाको अश्लील फोटोहरू अपलोड गरेर चरित्र हत्या गरेको निवेदनमा उल्लेख छ।

प्रकाशित: १३ भदौ २०८० १६:३६ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast