धनराज गुरुङ
काठमाडौँ- केही दिनको अस्पताल बसाइपछि कानुनमन्त्री धनराज गुरुङ आज घर फर्किएका छन्।
कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी आइतबार साँझ अघि मन्त्री क्वार्टर पुल्चोक फर्किएका उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिए।
प्रकाशित: २९ साउन २०८० ६:२६ | Monday, August 14, 2023
प्रतिक्रिया




