 
                             
                                            गण्डकी- आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन्।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए।
विद्यार्थीहरूलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ। रासस
                            प्रकाशित: २३ साउन  २०८० १६:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 