अम्बासमा एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस १३ भदौ २०८० ८:०० | Wednesday, August 30, 2023
अम्बासमा एमालेको सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहाको विष्णुपुरकट्टी अम्बासमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

१० औँ महाधिवेशनपछि पार्टी हाइ कमाण्डको बैठक काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको यो पहिलो पटक हो। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११:३० बजे चौथो महाधिवेशन स्थलमा निर्माण गरिएको काठको घरमा बस्नेछ।

पार्टीको चौथो महाधिवेशन भएको समय २०४६ साल भदौ ९ देखि १४ गतेको स्मृतिमा भदौ ९ गते आयोजना गरिएको बैठक अविरल वर्षाका कारण रोकिएको थियो। पार्टीको यही महाधिवेशनले मदन भण्डारीलाई पहिलो पटक नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो।

सिराहामै रहेका पोलिटव्युरो सदस्य अच्यूत मैनालीका अनुसार सिराहाको मौसम आज घमाइलो छ। ‘घाम लागेको छ । वर्षा भएको छैन। मौसम राम्रो छ’ मैनालीले यो बेलासँग भने‘बैठक स्थ्ल पुग्नलाई ठाउँमा हुन सक्ने सडक अवरोधलाई मध्य नजर गरेर दुईवटा एक्जाभेटर तैनाथ राखेका छौं।’

मैनालीका अनुसार बैठक स्थल पुग्नका लागि पूर्व पश्चिम राजमार्गको जिरो माइल चौकबाट १५ किलोमिटर उत्तर जानु पर्दछ। बैठक स्थल जाने क्रममा सर्रे खोला दुई पटक र राइरइनी खोला एक पटक तर्नु पर्दछ।

प्रकाशित: १३ भदौ २०८० ८:०० | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast