अनितादेवीले लिइन् मन्त्रीको शपथ

हिमाल प्रेस २९ साउन २०८० १०:३२ | Monday, August 14, 2023
अनितादेवीले लिइन् मन्त्रीको शपथ

काठमाडौँ- जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथ लिएकी छन्। आज बिहान उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।

उनलाई कुन मन्त्रालय दिने खुलाइएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खाली गराउन भनेका छन्।

सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने प्रधानमन्त्रीको तयारी छ। साहलाई त्यही मन्त्रालयको जिम्मेवारी दिन सक्ने माओवादी निकट स्रोतको दाबी छ।

प्रकाशित: २९ साउन २०८० १०:३२ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast