बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता

हिमाल प्रेस १५ साउन २०८० १३:१०
4
SHARES
बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता फाइल तस्बिर।

बाँके– बाँकेमा विभिन्न खानोपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आंशिक रूपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभावन्वित हुन थालेका हुन्।

‘पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्थे, दुर्गम ठाँउमा कुवाको पानीसमेत खाने गर्थे,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनीयर प्रकाशजंग शाहले भने।

नेपालगन्जमा परम्परागत रूपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ ट्यांकीको खानेपानी वितरण भएको उनले जानकारी दिए।

बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा १ लाख ५० हजार लिटरदेखि ४ लाख ५० हजार लिटर क्षमताका ओभरहेड ट्यांकी निर्माण गरेर उपभोक्तलालाई खानेपानीको सुविधा प्रदान गरिएको छ।

‘कतिपय योजना अहिले पनि क्रमगत अवस्थामा नै छन्, बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ,’ सूचना अधिकारीसमेत रहेका उनले भने।

जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट २ हजार २, ढकेरी खानेपानी आयोजनाबाट ४ हजार ५ सय २१, रझेना खानेपानी आयोजनाबाट ४ हजार ४ सय, नौवास्ता खानेपानी आयोजनाबाट २ हजार ४ सय ५७, खजुरा खानेपानी आयोजनाबाट ४ हजार ९ सय ५० र महादेउपुरीया, कचनापुरबाट ३ हजार ३ सय ६१ उपभोक्ताले खानेपानीको प्रयोग गरिरहेका छन्।

यस्तै विराट खानेपानी आयोजनाबाट २ हजार १ सय ६२, पेडारी खानेपानी आयोजनाबाट २ हजार २ सय र खजुरा खानेपानी आयोजनाबाट २ हजार १ सय १८ उपभोक्ता लाभावन्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

यसबाहेक साना खानेपानी आयोजनाका रूपमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन्। राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड ट्यांकी निर्माण भएको २ वर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताए।

सघन खानेपानी विकास कार्यक्रमबाट लाभ लिँदै

नेपालगन्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम तथा तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।

बजेट अभावका कारण ती खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्बन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना आठ, जलवायु अनुकूलित बृहद खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन्।

डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना २ रहेका छन्।

नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत ७ आयेजना रहेका छन्।

नेपालगन्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत ३ आयोजना छन्।

जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत १ आयोजना छ।

कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकुलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत १ आयोजना रहेका छन्।

खजुरा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत छ योजना रहेका छन्।

बैजनाथ गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेश खानेपानी सुधार कार्यक्रममार्फत २ खानेपानी आयोजना रहेका छन्।

‘केही निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजना छन्, केहीमा आंशिक रूपमा खानेपानीको वितरण भइरहेको छ,’ इन्जिनीयर शाहले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =