बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

हिमाल प्रेस १४ साउन २०८० १८:४०
14
SHARES
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

हेटौँडँ- बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरूलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको छ। उनका अनुसार, ऐनअनुसार सो तह प्रदेश सचिवसरह हुने व्यवस्था रहेको छ। प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औँ तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ। यो निर्णयसँगै प्रदेश सरकारमा चारजना सचिव नियुक्त भएका छन्।

बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरूको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ। रासस

प्रकाशित: १४ साउन २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =