काठमाडौँ- भारतको गुवाहटीमा हुने फुटबल खेल्न त्रिभुवन आर्मी क्लबको टिम गएको छ। भारतीय सेनाको आयोजनामा हुने ‘डुरान्ड कप’ खेल्न त्रिभुवन आर्मी क्लबको टिम शनिबार भारत प्रस्थान गरेको हो।
यही साउन ८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको खेल अगस्ट ९ मा हुने तालिका छ। दिल्ली एफसीसँग ९ अगस्टमा, चेन्नाइ एफसीसँग १४ अगस्ट र हैद्राबाद एपसीसँग अगस्ट २२ मा खेल्ने तालिकाअनुसार क्लबको ४२ सदस्यीय टिम भारत गएको नेपाली सेनाले जानकारी दिएको छ।
प्रकाशित: १३ साउन २०८० २१:४१
प्रतिक्रिया