अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्‍चालनमा

हिमाल प्रेस १३ साउन २०८० ६:५०
6
SHARES
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्‍चालनमा नारायणगढ-मुग्लिन सडक। फाइल तस्बिर।

काठमाडौँ– पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोलानजिक शनिबार (आज) बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: १३ साउन २०८० ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =