मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण भएपछि गृहमन्त्रीले भने : हामी पीडितको पक्षमा छौँ

हिमाल प्रेस १३ साउन २०८० ६:५३
4
SHARES
मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण भएपछि गृहमन्त्रीले भने : हामी पीडितको पक्षमा छौँ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक कानुन बनेकोमा सबैलाई बधाई दिएका छन्। उनी आफूहरू पीडितको पक्षमा रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत दुवै सदनबाट पारित भएको उत्तः विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेसँगै आजदेखि ऐन बनेको जानकारी दिएका छन्। उनले बधाई पनि दिएका छन्।

मिटरब्याजसम्बन्धी कानुन बनेसँगै मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको उनले उल्लेख गरेका छन्।

‘मिटरब्याजसम्बन्धी विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएपछि आजदेखि ऐन बनेको छ,’ उनले भनेका छन्, ‘सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको छ। यो अभियानको लागि ऐन कोशेढुंगा बनेको छ। सबैलाई बधाई।

प्रकाशित: १३ साउन २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =