विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी

हिमाल प्रेस १२ साउन २०८० १५:२७ | Friday, July 28, 2023
विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ– अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तामाङ र मगर समुदायप्रति गलत टिप्पणी गरेपछि उनीविरुद्ध उजुरी परेको थियो। एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेकी थिइन्। त्यसपछि उनको आलोचना भएको थियो।

उजुरी परिसकेपछि यस विषयमा अनुसन्धान अगाडि बढाइएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए। उनले अदालतबाट पक्राउको अनुमति लिइसकेको पनि बताए। उनीविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाउने प्रहरीको तयारी छ।

पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले पनि उनको अभिव्यक्तिले तामाङ समुदायमा आघात परेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए।

प्रकाशित: १२ साउन २०८० १५:२७ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast