नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट

हिमाल प्रेस ९ साउन २०८० १५:२६
6
SHARES
नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३६.१९ अंकले ओरालो लागेको छ। २००३ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै २१६४ बिन्दुमा झरेको छ।

आज परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। मंगलबार २६७ कम्पनीको ७७ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको कारोबार भयो। सोमबार परिसूचक घटे पनि ४ अर्ब ७३ करोडको कारोबार भएको थियो।
आज ३२ कम्पनीको मात्र सेयर मूल्य बढ्यो। १७६ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको स्थिर रह्यो।

मंगलबार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सिटी होटल लिमिटेड, रिभर फल्स पावर, युनिलिभर नेपाल लिमिटेडलगायत कम्पनीका लगानीकर्ता सर्वाधिक कमाउनेको सूचीमा छन्।

कारोबार रकमका हिसाबले मंगलबार सोल्टी होटल लिमिटेड पहिलो नम्बरमा रह्यो। यसको १५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।
आज होटल तथा पर्यटनबाहेक सबै उपसमूहको सूचक ओरालो लागेको छ। यो उपसमूह भने १.२२ प्रतिशतले बढ्यो।

प्रकाशित: ९ साउन २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =