आगामी चुनावअघि कसैसँग पनि गठबन्धन हुँदैन : गगन थापा

हिमाल प्रेस ८ साउन २०८० १७:५७
8
SHARES
आगामी चुनावअघि कसैसँग पनि गठबन्धन हुँदैन : गगन थापा

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन्। साेमबार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकमा उनले अहिलेकाे गठबन्धनले धेरै कुरा सिकाएकाे भन्दै आगामी चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने बताएका हुन्। ‘म कसैलाई दोष दिन्न। गठबन्धनले हामीलाई केही सिकाएको छ। यही कारणले आज जनता रिसाएका हुन् भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘नम्बरमा धेरै तलमाथि नहोस् तर जनताको मनको कुरा बुझ्न जरुरी छ। चुनावअघि एलायन्स नगरौँ।’

महामन्त्री थापाले भ्रष्टारचारको कुनै जात, परिवार, लिंग नहुने पनि बताए। ‘केही कारणले कसैले छुट पाउनुभयो केही लान्छनामा पर्नुभयो,’ उनले भने, ‘मिडिया ट्रायल गरेर दुख दिने भइरहेकै छ। नेपाली कांग्रेस पार्टीले सरकारले अगाडि बढाएका सुशासनको कुरामा साथ दिनुपर्छ।’

कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण छुट पाउन नहुने उनकाे भनाइ थियाे। फौजदारी अभियोग लागे पार्टीले निलम्बन गर्नैपर्ने उनले बताए। ‘हामीले बनाएको प्रहरी, अदालत कानुन हो। हामीभन्दा बाहिर जान हुँदैन। भोलि जो पनि पर्न सक्छ,’ उनले भने, ‘सबैलाई बराबर कानुन लाग्नुपर्छ। बाहिर सभापतिलाई केही भन्नै नपाइने, महामन्त्रीलाई जे पनि भन्न पाइने भनिएको सुनेँ। तर त्यस्तो होइन। सभापति यति धैर्य गरेर सबैको कुरा सुन्नु भएको छ। बैठक चलाउनुभएको छ।’

पार्टी बदल्नुपर्ने र बलियो बनाउनुपर्ने उनकाे भनाइ थियाे। ‘साथीहरूले अन्यथा नलिनु होला। मलाई त यो पार्टीको सदस्यमात्रै भए पनि पुग्छ। लाइभ गरियो यसको उद्देश्य पुरा हुने नै छ,’ उनले भने, ‘सुझाव आएको छ। ग्रहण गर्छु। कसैकसै साथीले बोल्दा बोलेको होकि थर्काएको हो छुट्याउन गाह्रो पनि भयो। हामी भोलि के निर्णय गर्छौँ त्यो महत्त्वपूर्ण छ। यो बैठकबाट बाहिर निस्किँदै गर्दा एक ढिक्का भएर जानुपर्छ।’

प्रकाशित: ८ साउन २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =