केन्द्रीय समितिमा गगन थापा : जनता हामीसँग रिसाएका छन्

हिमाल प्रेस ८ साउन २०८० १७:२०
8
SHARES
केन्द्रीय समितिमा गगन थापा : जनता हामीसँग रिसाएका छन्

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग जनता रिसाएका बताएका छन्। साेमबार पार्टीकाे केन्द्रीय कार्यसमितिकाे बैठकमा बाेल्दै थापाले नेपाली कांग्रेसले नैराश्यताबाट नेपाली जनतालाई बाहिर निकाल्नु पर्ने बताए। ‘मैले काठमाडौँ र बाहिरका साथीसँग आत्मविश्वास हराएको पाउँछु। भारतको कांग्रेस आईजस्तो हुन्छौँ भन्ने सुन्छु,’ उनले भने, ‘केन्द्रीय सदस्यको कुरा सुन्दा केही समस्या छैन भन्ने लाग्छ। यहाँ महामन्त्रीलाई बोल्न बन्द गरे सबै समस्या हल हुन्छ भन्ने खालको भयो।’

यस्तो बेलामा आत्मनिरीक्षण गर्नुपर्ने र पार्टीका साथी भेट्दाकाे जस्तो भावना हुनुपर्नेमा त्याे नभएकाे उनकाे भनाइ थियाे। ‘सत्याग्रह र जनमत संग्रहमा पनि हामी हारियो। चरम निराश भएको रहेछ। तर गणेशमानको कारण जुरुक्क उठ्यो गणेशमानको लठ्ठीको पछि लागेर संगठन उठ्यो,’ उनले भने।

आन्दोलनको समयमा घेराबन्दी हुँदा गिरिजाप्रसाद कोइरालाले कांग्रेस र देशको पक्षमा टक्क अडिँदा राम्रो भएकाे उनले बताए। यो बेलामा भूइँमै रहेका मान्छेलाई भेटेर किन रिसाएको भनेर भेटे पार्टी जुरुक्कै उठ्ने उपाय उनले सुझाए। ‘नागरिकहरू रिसाएका छन्। तिमिहरूले भनेको व्यवस्था आयो। तिमीहरूकै नेताको नाम भ्रष्टाचारमा आउँछ। जताततै अव्यवस्था छ। तिमीले जनतालाई के दियौ? यो प्रश्न छ,’ उनले भने।

यसअघि नेपाल‍काे एजेन्डा शान्ति र संविधान रहेकाे बताउँदै उनले २०८० मा सरकार, ०८४ मा सरकारमा जाने एजेन्डा भएर नहुने बताए। ‘समुन्नत नेपाल सम्मानित नेपालीको भिजनलाई पूरा गर्नुपर्छ। मैले सभापतिजीलाई पनि भनेको छु,’ उनले भने।

प्रकाशित: ८ साउन २०८० १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =