शेखरलाई विश्वप्रकाशको जवाफ : अरू दलको विषयमा फिटिक्कै नबोल्नु भन्ने चिट दिइएकै छैन

हिमाल प्रेस ८ साउन २०८० १७:०१
12
SHARES
शेखरलाई विश्वप्रकाशको जवाफ : अरू दलको विषयमा फिटिक्कै नबोल्नु भन्ने चिट दिइएकै छैन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा अन्य दलबारे नबोल्नु नभनिएको स्पष्ट पारेका छन्। आज केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले अन्य दलको बारेमा धेरै विश्लेषण नगर्न भने पनि फिकिक्कै नबोल्नु नभनिभएको बताए।

उनले जवाफ दिने क्रममा कांग्रेसमा केही नवीनता आवश्यक परेको बताएका छन्। उनले पार्टी चलायामान बनाउन हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्ने जवाफ दिए।

‘सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ। वृहत युवा उद्यमशीलता चलाउन जरुरी छ। भ्रातृ संस्थाबारे केही कुरा गरौँ।कानुन हातमा लिनेलाई सदस्यता खारेज गरेर जानुपर्छ।’ उनले भने,‘कतै कालोमोसो दले सिंगो कांग्रेस् बद्नाम भइरहेको छ।’

कांग्रेसको सदस्यताभन्दा कम भोट हालियो भन्ने प्रश्नमा शर्माले त्यस्तो नभएको जानकारी दिएका छन्।

‘कुन ठाउँमा भोट कम आयो? ठाउँ भन्दिनुहोस्। तर कांग्रेसमा सदस्यले नै भोट भन्ने सन्देश नजाओँस्।’
उनले पार्टी अधिवेशनमा पराजित व्यक्तिलाई मनोनीत गर्दा अर्को व्यक्तिलाई अप्ठ्यारो नपार्ने गरी काम गर्न अनुरोध गरे। उनले उपविजेता भएकालाई मनोनीत नगर्न अनुरोध गरे।

उनले सिंगो संगठनको कार्यतालिका बनेको र पूरा गर्ने लक्ष्यका साथ अघि बढ्नु पर्ने शर्माको भनाइ थियो।

‘निर्धारित कार्यक्रमहरू प्रदेश कार्यसमितिको नेतृत्वमा अगाडि बढ्छन्। केही हेर फेर गरौँला, हामीले टिपेका छौँ परिमार्जन गरेर जानेछौँ प्रदेश सभापतिजीहरूसँग पनि जान्छौ।’ उनले यसअघि जिल्ला सभापतिको भेला महामन्त्रीले व्यक्तिगत कामका लागि नबोलाएको बताएका छन्।

‘हामी दुवै महामन्त्रीले केके भइरहेको छ भनेर सोध्ने जिम्मेवारी हो सोहीअनुसार गरेका हौँ। यो भेला होइन छलफल हो। नियमित छलफलअन्तर्गत हो भन्नु होला।’ उनले भने,‘ महामन्त्रीले किन काम नगरेको भन्नु हुन्छ। काम गर्दा किन गरेको नभनिदिनु होला।’

प्रकाशित: ८ साउन २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =