नारायणकाजी गृहमन्त्री बनेका भए हामीमाथि प्रतिबन्ध पक्कै लाग्दैनथ्यो : विप्लव

हिमाल प्रेस ८ साउन २०८० १५:२५
2
SHARE
नारायणकाजी गृहमन्त्री बनेका भए हामीमाथि प्रतिबन्ध पक्कै लाग्दैनथ्यो : विप्लव

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताएका छन्।

माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुसीको कुरा भएको बताएका छन्।

भ्रष्टाचार विरोधी लडाइमा सरकार आफैँ सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे।

उनले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने लागेको बताए। महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकीर समेत गरे।

प्रकाशित: ८ साउन २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =