स्वरोजगार बने १८ जना दलित महिला

हिमाल प्रेस ८ साउन २०८० ११:३७
2
SHARE
स्वरोजगार बने १८ जना दलित महिला

सुर्खेत- सामाजिक संघसंस्थामा दलित महिलाहरूको पहुँच बढाउन ‘नेपालमा दलित महिलाको मानवअधिकार सुदृढीकरण परियोजना’ सञ्चालन गरेको छ।

‘दलित महिला संघ सुर्खेत’द्वारा आयोजित परियोजनाबाट दलित महिला लाभान्वित भएका छन्। १८ जना विपन्न महिला स्वरोजगार बनेका छन् भने २५ जना अभियन्ता भएका छन्।

संस्थाले सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा सो परियोजना सञ्चालन गरेको थियो। ती दुई पालिकामा २० वटा दलित महिला समूह गठन गरिएका थिए। जसमा पाँच सय दलित महिला प्रत्यक्ष रूपमा आबद्ध रहेका थिए।

आयआर्जनसँगै समाजमा भएका कुरीतिविरुद्ध जनचेतना जगाउन २५ जना दलित महिलालाई तालिम दिई अगुवा अभियन्ता तयार गरेको संघले जनाएको छ। त्यस्तै २० जनालाई उद्यम गर्न आर्थिक सहयोग प्रदान गरिएको छ भने खुद्रा पसल, बाख्रापालन, तरकारी खेती आदिमा १८ जना महिला स्वरोजगार बनेको संघको प्रतिवेदनमा उल्लेख छ।

परियोजना संयोजक खगिसरा वलीले परियोजनाले दलित तथा विपन्न महिलालाई आयआर्जनसम्बन्धी व्यावसायिक सीप प्रदान गरेको बताइन्।

‘बिउ पुँजी प्रदान गरिएको छ,’ उनले भनिन्, ‘विभिन्न सामाजिक संघसंस्थामा दलित महिलाको पहुँच बढाउन परियोजना सञ्चालन गरिएको हो।’ एकबर्से कार्यक्रमका लागि कुल बजेट १५ लाख ६८ हजार रुपैयाँ रहेको वलीको भनाइ छ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले दलित तथा विपन्न महिलाहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताए।
उनले सदस्यहरूमाथि गरिएको लगानीको अनुगमन निरीक्षण गर्न सुझाव पनि दिए। ‘नगरपालिकाले पनि लक्षित समूहको कार्यक्रम गर्दा समन्वय गर्न सक्छ,’ उनले भने, ‘साथै लगानी र काम पारदर्शी हुनुपर्छ।’

प्रकाशित: ८ साउन २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =