कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, सभापति र महामन्त्रीहरूले जवाफ दिने

हिमाल प्रेस ८ साउन २०८० ७:२२
10
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, सभापति र महामन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ३ बजे बस्ने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिने कार्यसूची छ।

साउन २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

उक्त विषयमा आइतबारसम्म अधिकांश केन्द्रीय सदस्यहरूले र सहमहामन्त्रीहरूले आइतबार आ-आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =