६३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३७ करोडको कारोबार

हिमाल प्रेस ७ साउन २०८० १५:२३
6
SHARES
६३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३७ करोडको कारोबार

काठमाडौँ- आइतबार सेयर बजार ६३.२४ अंकले बढेको छ। भारी अंकले बढेको बजारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्‍यो। यसमार्फत नीतिगत दर ०.५ प्रतिशतले घटाएको छ। यसका साथै सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने पनि व्यवस्था राखिएको छ। यसले ब्याजदर थप घट्ने देखिन्छ।

जसको प्रभाव आजको सेयर बजारमा परेको देखिन्छ। आइतबार १९९ कम्पनीको सेयर मूल्य बढ्यो। १६ कम्पनीको घट्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो।

आइतबार सबै उपसमूहको सूचक बढेको छ। बैंकिङ उपसमूह ४.९८, विकास बैंक ४.७८ र व्यापार उपसमूहको सूचक ४.१० प्रतिशतले बढ्यो। होटल तथा पर्यटन र लगानी उपसमूहमा पनि लगानीकर्ता आकर्षित भए।

आइतबार ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको १४ करोड ८१ लाख रुपैयाँको कारोबार भयो। ज्योति विकास बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र हिमालयन डिस्टिलरी लिमिटेड पनि धेरै मूल्यको कारोबार हुनेको शीर्ष सूचीमा रहे।

प्रकाशित: ७ साउन २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =