उठ्न थाल्यो काठमाडाैँकाे फोहाेर

हिमाल प्रेस ६ साउन २०८० १५:४१
12
SHARES
उठ्न थाल्यो काठमाडाैँकाे फोहाेर फाइल तस्बिर : केही दिनअघि स्थानीयकाे अवराेधपछि बञ्‍चरेडाँडामा लामबद्ध फाेहाेरका गाडी।

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले फाेहाेर व्यवस्थापन पुन: सुरु गरेकाे छ। नुवाकोटको सिसडाेलका बासिन्दाले फोहाेरका कारण दुर्गन्ध फैलिएको भन्दै केही दिनदेखि फोहोर फाल्न अवरोध गर्दै आएका थिए।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहाेर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए।

केही दिन अघि फोहाेर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि शुक्रबारदेखि निर्वाध रूपमा फोहाेर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहाेर पुर्‍याउन थालेको छ। शुक्रबारदेखि फोहाेर बोकेका महानगरका गाडी ल्यान्डफिल्ड साइट पुग्न थालेपछि काठमाडौँ उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुईभित्रै उठाइसक्ने उनको भनाइ छ। फोहाेर बोकेका गाडीलाई ल्याण्डफिल्ड साइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठकाे भनाइ छ। रासस

प्रकाशित: ६ साउन २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =