जुम्ला गुठीचौरको ७ घरमा आगजनी गर्ने व्यक्तिको खोजी जारी

हिमाल प्रेस ६ साउन २०८० १३:४७
10
SHARES
जुम्ला गुठीचौरको ७ घरमा आगजनी गर्ने व्यक्तिको खोजी जारी फाइल तस्बिर।

सुर्खेत– कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाको गुठीचौर गाउँपालिका-४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ।

गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीम जैसीको घरमा आगलागी भएको छ।

धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ। ती घरमा आशिंक क्षति भएको छ।

आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ।

आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगो लगाउने व्यक्तिको खोजी भइरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौं। के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको छ,’ उनले भने।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =