काठमाडौँ– स्थानीयको अवरोध हटाउँदै काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा पुर्याइएको छ। प्रहरीको स्कटिङमार्फत काठमाडौँको फोहोर बिसर्जन स्थान सवारी बन्चरेडाँडा पुर्याइएको हो।
स्थानीयले फोहोर उठाउने स्थान उपलब्ध नगराउने भनेपछि उपत्यकाको फोहोर ५ दिनसम्म उठेको थिएन।
प्रहरीले बल प्रयोग गर्ने बताएपछि शुक्रबार अपराह्न ४ बजेपछि फोहोर बोकेका दर्जनौँ गाडी बञ्चरेडाँडातर्फ गएका थिए। फोहोर लैजाने क्रममा प्रहरी र स्थानीयबीच फडप भएको थियो।
तर बाक्लो संख्यामा उपस्थित प्रहरीले अवरोध हटाएका थिए।
विगतका सहमति कार्यान्वयनको माग राख्दै स्थानीयले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर फाल्न स्थानीयले अवरोध गरेका थिए।
काठमाडौँका सडकमा फोहर थुप्रिएपछि प्रहरीसँगको समन्वयमा राजधानीको फोहोर विसर्जन सुरु भएको हो।
प्रकाशित: ५ साउन २०८० १६:४८
प्रतिक्रिया