काठमाडौँ– बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६०० तोकिएको छ।
यसअघि जेठ १९ गते सुनको मूल्य १ लाख १३ हजार ३०० मा पुगेको थियो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५० पुगेको छ। बुधबार १ लाख १२ हजार ५५० मा कारोबार भएकाे थियो।
बुधबारको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार ४९५ कायम भएको छ।
प्रकाशित: ४ साउन २०८० १२:२४
प्रतिक्रिया