एसिया कपको तालिका सार्वजनिक, पहिलो खेल नेपाल-पाकिस्तानबीच हुने

हिमाल प्रेस ३ साउन २०८० २०:२६ | Wednesday, July 19, 2023
एसिया कपको तालिका सार्वजनिक, पहिलो खेल नेपाल-पाकिस्तानबीच हुने

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट २०२३ को तालिका सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ।

नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा (भदौ १३ गते) पाकिस्तानको मुल्तानमा हुनेछ। प्रतियोगिताको दोस्रोत खेल ३१ अगस्टमा बंगलादेश र श्रीलंकाबीच श्रीलंकामा हुनेछ। भारत पाकिस्तानबीचको खेल २ सेप्टेम्बरमा हुने तालिका छ।

एकदिवसीय फम्र्याटमा हुने प्रतियोगितामा ६ टिमको सहभागी हुनेछन्। दुई समूहमा विभाजन गरेर खेल हुने एसीसीले जानकारी दिएको छ। एसीसीका अनुसार नेपाल, पाकिस्तान र भारत समूह ‘ए’मा छन्। श्रीलंका, बंगलादेश र अफगानस्तान समूह ‘बी’ छन्।

एसिया कपमा सहभागी भारत र पाकिस्तान विश्व क्रिकेटमा चीरपरिचित प्रतिद्वन्द्वी मानिन्छन्। अफगानस्तान सन् २०१८मा टेस्ट मान्यता पाएको टिम हो। प्रतियोेगितामा सहभागीमध्ये नेपालमात्रै एसोसिएट टिम हो।

एसिया कप क्रिकेटको आयोजक पाकिस्तान हो। भारतले पाकिस्तानमा गएर नखेल्ने अडान लिएपछि प्रतियोगिताको केही खेल श्रीलंकामा पनि हुने भएका हुन्।

प्रकाशित: ३ साउन २०८० २०:२६ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast