खुकुरी देखाएर सामूहिक बलात्कार, चार जना पक्राउ

हिमाल प्रेस २ साउन २०८० २०:५६
32
SHARES
खुकुरी देखाएर सामूहिक बलात्कार, चार जना पक्राउ सांकेतिक तस्बिर।

सप्तरी- एक बालिकालाई घरबाट उठाएर बाहिर लगी सामूहिक बलात्कार गरेको आरोपमा आज (मंगलबार) चार पक्राउ परेका छन्। सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका-१२ धर्मपुरमा यो घटना भएको हो।

पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरिएको छ।

सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिए।

शुक्रबार राति कञ्चनरुप नगरपालिकामा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

खुकुरी देखाएर धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी ती बालिकालाई घरमा पुर्‍याएको  प्रहरीको भनाइ छ।

प्रकाशित: २ साउन २०८० २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =