नेप्से परिसूचक २१५४ बिन्दुमा, १०१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो

हिमाल प्रेस २ साउन २०८० १५:२७
8
SHARES
नेप्से परिसूचक २१५४ बिन्दुमा, १०१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.९१ अंकले बढेको छ।

२१४७.६९ बिन्दुबाट सुरु भएको बजारमा कारोबार अवधिभर तीव्र उतारचढाव देखियो। खुलेको १५ मिनेटमै परिसूचक २१६० बिन्दुमा उक्लिएको थियो। त्यसपछि २०४७ बिन्दुमै फर्किएको सूचक १२ः३९ बजे २१७० मा पुगेको थियो। कारोबार बन्द हुँदा परिसूचक २१५४ बिन्दुमा रह्यो।

आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ। १०६ कम्पनीको घट्दा १० कम्पनीको मूल्य भने स्थिर रह्यो।

मंगलबार ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। कारोबार रकमका हिसाबले स्वाभालम्बन वित्तीय संस्था शीर्ष स्थानमा रह्यो। यसको २१ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बीपीडब्लू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो।

मंगलबार बैंकिङ, उत्पादन र निर्जीवन बिमा उपसमूहमा लगानीकर्ता आकर्षित भएका छन्। होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स व्यापारलगायत उपसमूहको सूचक भने घटेको छ।

प्रकाशित: २ साउन २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =