महिला सिँगार्दै पुरुष

दिपेश श्रेष्ठ २ साउन २०८० १३:०७
78
SHARES
महिला सिँगार्दै पुरुष

साउन महिनालाई नेपाली महिलाले उत्सवका रूपमा ‘सेलिब्रेट’ गर्छन्।

रातो, हरियो, पहेँलो रङका चुरा, पोते र पहिरनमा सजिएका महिला जताततै देखिन्छन्। हत्केलामा कोरिएका मेहन्दीका बुट्टाले हातको सौन्दर्य झनै बढाएको अनुभव हुन्छ।

सहरबजार यतिखेर रातो, पहेँलो, हरियो रङका चुरा र पोतले रंगीन बनेका छन्। मुख्यमुख्य बजारमा मात्र नभई चोकगल्लीभित्रका पसललाई पनि साउन लागेको छ। त्यहाँ चुरापोते किन्नेको भीड देखिन्छ। ससाना कस्मेटिक सपदेखि असन, इन्द्रचोकका पोते पसलका व्यापारीलाई भ्याइनभ्याइ छ।

 

पछिल्लो समय साउनलाई महिलाले विशेष उत्सवका रूपमा मनाउन थालेपछि पोते व्यापारीले नयाँनयाँ डिजाइन भर्न थालेका छन्। बजारमा अनेक थरी डिजाइनका पोते देखिन्छन्।

यी शृंगार सामग्रीका मुख्य उपभोक्ता महिला हुन्। महिलाले साउने उत्सवको आनन्द लिए पनि साउन पुरुषलाई पनि त्यति नै लाग्ने गर्छ। पोते उन्नेदेखि मेहन्दीका बुट्टा कोर्ने हात पुरुषका हुन्छन्। महिलाको उत्सवलाई थप उल्लासमय बनाउन उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। महिलाको उत्सवमा रमाउनु नेपाली पुरुषको विशेषता नै हो।

 

प्रकाशित: २ साउन २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast