काठमाडौँ- यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीमा चल्ने यात्रु र मालवाहक सवारीसाधनको भाडा घटाएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा घटेको हो। इन्धन मूल्यमा ५ प्रतिशतले घटबढ भए सोहीअनुसार गाडी भाडा घटाउने वा बढाउने व्यवस्था छ।
सरकारले आजदेखि लागू हुनेगरी डिजेलको मूल्य १०.१७ रुपैयाँ घटाउँदै १४४.८३ कायम गरेको छ।
नयाँ भाडादर आजैदेखि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले यात्रुवाहक सवारीको भाडा २.१३ प्रतिशतले घटाएको छ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीको २.७८ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ३.०९ प्रतिशत कम गरेको छ।
प्रकाशित: १ साउन २०८० १३:०७
प्रतिक्रिया