यातायात सेवा छरितो बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस ३० पुष २०७९ २०:२४
4
SHARES
यातायात सेवा छरितो बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन्।

शनिबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रालय सचिव गोपाल सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयलगायत यातायात कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरेको उनका प्रेस संयोजक कमल गिरीले बताए।

यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटो छरितो बनाउन सबै पक्षलाई निर्देशन दिएको उनले जानकारी दिए।

विभागले सेवाग्राहीलाई स्मार्ट लाइसेन्स समयमै उपलब्ध गराउन नसकेको, इम्बोस्ट नम्बरको पूरा तयारीबिनै जडानका लागि कडाइ गरेको, सार्वजनिक यातायात सेवालाई जनमुखी बनाउन नसकेको, ट्याक्सीको मनपरीतन्त्र रोक्न नसकेको भन्दै जनगुनासो आइरहेका बेला मन्त्री श्रेष्ठले मन्त्रालयका मातहत निकायलाई यस्तो निर्देशन दिएका हुन्।

श्रेष्ठले शुक्रबार (हिजो) काठमाडौँ उपत्यतकाका खराब सडकहरूको निरीक्षण गर्दै सम्बन्धित पक्षलाई चाँडै मर्मत सम्भार गर्न निर्देशन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =