चितवन : एकै वर्षमा दुर्घटनाबाट ७८ जनाको मृत्यु

हिमाल प्रेस १ साउन २०८० १२:५६
4
SHARES
चितवन : एकै वर्षमा दुर्घटनाबाट ७८ जनाको मृत्यु

चितवन- जिल्लामा सवारी दुर्घटना र मृत्युको संख्या घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु हुनेको संख्या घटेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन सय तीन दुर्घटना भएका छन्। त्यसमा ७८ जनाको मृत्यु भएको छ।

ती दुर्घटनामा एक सय ७० गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा पाँच सय ३० सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको थियो।

त्यसमा दुई सय ६५ गम्भीर र सात सय छ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०७९/८० मा ४० हजार छ सय ६४ सवारी साधन कारबाहीमा परेका छन्।

ती बाट तीन करोड ४३ लाख ५८ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले दुर्घटना बढी हुने सडकको स्तरोन्नति भएको, कतिपय सडक निर्माणका कारण रोकिएकाले सावधानीपूर्वक अन्य सडकको प्रयोग हुँदा दुर्घटनामा कमी आएको र ट्राफिक प्रहरीको परिचालन र सक्रियता बढाइएको बताए।

यसैगरी सवारी चालकको सचेतना बढेको र कोभिडपछि सवारी चाप घटेका कारण दुर्घटनामा कमी आएको उनको भनाइ छ।

प्रकाशित: १ साउन २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =