बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति?

हिमाल प्रेस ३१ असार २०८० १२:५९
130
SHARES
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति?

काठमाडौँ– ब्याजदरमा हुँदै आएको ‘कार्टेलिङ’ खारेज भएपछि बैंकहरूले आआफ्नो तरिकाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

यसअघि सबै वाणिज्य बैंकका सीईओहरूको संस्था नेपाल बैंकर्स संघले भद्र सहमतिका नाममा समान ब्याजदर सार्वजनिक गर्थ्यो। लामो समयदेखि तीव्र आलोचना भएपछि असार २८ गते बसेको संघको बैठकले ब्याजदरको ‘कार्टेलिङ’ खारेज गरेको थियो। योसँगै साउन १ गतेदेखि लागू हुनेगरी बैंकहरूले आआफ्नो तरिकाले ब्याजदर सार्वजनिक गरेका हुन्।

आजसम्म सबै बैंकमा समान ब्याजदर छ। अहिले बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिइरहेका छन्। राष्ट्र बैंकको प्रावधानअनुसार यसमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाउन वा बढाउन पाइन्छ। बैंकहरूले तोकेको नयाँ ब्याजदर साउन १ गतेदेखि लागू हुनेछ।

अहिले २० वटा वाणिज्य बैंक छन्। हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी-सनराइज र सिटिजन्स बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। एनआईएमबी र एनआईसी एसियाले आइतबार मध्याह्नसम्म नयाँ ब्याजदर सार्वजनिक गरेका छैनन्।

नबिल बैंकले मुद्दतीको ब्याजदर १०.४९ प्रतिशत तोकेको छ। प्राइम कमर्सियल बैंकले पनि ब्याज बढाएको छ। यसले मुद्दती निक्षेपको ब्याजदर १०.९३ प्रतिशत तोकेको छ। एनएमबि बैंकले मुद्दतीको १०.९८ प्रतिशत ब्याजदर दिने भएको छ। कुमारी बैंकले १०.०१ प्रतिशत तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशत तोकेका छन्। नेपाल एसबीआई बैंकले ९.१ प्रतिशत, माछापुच्छ्रे र एभरेष्ट बैंकले समान ९ प्रतिशत ब्याजदर कायम गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९५ प्रतिशतको नयाँ ब्याजदर तोकेको छ। सिद्धार्थ बैंकले ९.५ प्रतिशत, सानिमा बैंकको ९.५२ ब्याजदर भोलिदेखि लागू हुनेछ। यस्तै नेपाल बैंकले ८.९९ प्रतिशत र कृषि विकास बैंकले ९.५१ प्रतिशत ब्याजदर तोकेको छ।

प्रकाशित: ३१ असार २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =