नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

हिमाल प्रेस ३० असार २०८० ६:५८
6
SHARES
नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने भएको हो।

पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको बैठकमा बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

संगठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल गिरने पनि उनले बताए।

यस्तै जनसंगठन युवा र विद्यार्थी विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि बैठकमा छलफल हुनेछ।

यस्तै पार्टी परित्याग गरेका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जंगलीलगायत नेता एवम् बागमती र लुम्बिनी प्रदेशमा रिक्त रहेका इन्चार्ज पदपूर्ति गरिने उनले जानकारी दिए।

प्रकाशित: ३० असार २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =