लम्पी स्किन नियन्त्रण गर्न सांसद क्षेत्र विकास कोषको रकम खर्च गर्न एमालेको माग

हिमाल प्रेस २९ असार २०८० १५:३०
4
SHARES
लम्पी स्किन नियन्त्रण गर्न सांसद क्षेत्र विकास कोषको रकम खर्च गर्न एमालेको माग

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन्।

गत फागुनको अन्तिम सातादेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताएका हुन।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरीले विपन्न किसानहरुमा यो प्रकोपबाट ३७ अर्ब हाराहारीको क्षति हुँदापनि त्यसलाई सरकारले गम्भीरताका साथ नलिएको बताए। सरकारले प्रभावकारी ढंगले खोप तथा उपचार सेवा वितरण बताउँदै उनले किसानहरुले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको बताए।

प्रमुख सचेतक गिरीले भने,‘सरकारले समयमै सचेतता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने थिएन। विज्ञहरुले भनिरहेका छन् कि यही स्थिति रहिरहने हो भने निकट भविष्यमा थप २५ लाख पशुचौपाया संक्रमित हुनेछन् र १ लाख बढी पशु चौपाया मर्ने स्थिति बन्नेछ। त्यसबाट किसानले ठूलो क्षति बेहोर्नुपर्छ भनेर विज्ञहरुले भनिरहेका छन्, तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ। खोप अत्यन्तै अप्रयाप्त छ र लगाउने गतिपनि अत्यन्तै सुस्त छ।’

उनले गाउँमा खोप, औषधी र प्राविधकहरुलाई सरकारले नपठाएको भन्दै ध्यानाकर्षण गराए। किसान पीडाको आहालमा रहेको बताउँदै उनले सरकारसँग पैसा नभएको हो भने निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फतको रकम खर्च गरेर भएपनि लम्पी प्रकोपविरुद्ध कदम चाल्न आग्रह गरे।

प्रकाशित: २९ असार २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =