काठमाडौँ- विभिन्न विषयमा छलफल गर्दै आज (शुक्रबार)को राष्ट्रियसभा बैठक सकिएको छ।
राष्ट्रियसभाको अर्को बैठक २०८० साउन १ गते सोमबार दिनको १ः०१ बजे बस्नेछ।
आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइएको छ।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले समेत सांसदहरूको प्रश्न जवाफ दिएका थिए।
प्रकाशित: २९ असार २०८० १२:२२
प्रतिक्रिया